Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका विपीनको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ

- shuvadmin / मङ्गलबार, कार्तिक ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कञ्चनपुर, हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए।

सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो। अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए।

इजरायली दूतावासका प्रतिनिधिले विपीनको शवमा इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै सम्मान व्यक्त गरेका थिए।

तेलअभिभबाट सोमबार फ्लाइ दुबईमार्फत् काठमाडौं आइपुगेको विपीनको शव साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी पुर्‍याइएको थियो।

त्यहाँबाट धनगढी उपमहानगरको शव वाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरसम्म लगिएको थियो।

मंगलबार बिहान घरबाट समाधिस्थल, महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो।

शव यात्रामा पूर्वपरराष्ट्रमन्त्री एनपी सावद, पूर्वसांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमती सहभागी थिए।

Page Views: 61
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama