Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुकुम पश्चिम जीप दुर्घटनामा मृतकको सङ्ख्या आठ पुग्यो, १० घाइते

- shuvadmin / शनिबार, कार्तिक ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रुकुमपश्चिम, रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा आठबिसकोट नगरपालिका ३ निवासी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, आठबिसकोट नगरपालिका २ का १७ वर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीया गोपाल ओली रहेका छन् ।

दुर्घटनामा परेर चालकसहित १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुसीकोट नगरपालिका २ निवासी ३४ वर्षीय जीप चालक टोपजंग बुढा, आठबिसकोट नगरपालिका १ का निवासी १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता विक रहेका छन् ।

घाइते मध्य जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज लिइएको छ भने अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको थियो ।

जीप सडकबाट सात सय मिटर तल खसेको प्रहरीको भनाइ छ । क्षमताभन्दा बढि यात्रु रहेकाले जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Page Views: 91
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama