Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतलाई पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि

- shuvadmin / सोमबार, कार्तिक १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतीय महिला क्रिकेट टिमले पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।

सफाली वर्मा र दीप्ति शर्माको बलियो अलराउन्ड प्रदर्शनमा आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छाउँदै भारत विश्व च्याम्पियन बनेको हो ।

क्रिकेटको सीमिति संरचनामा भारतीय महिला टिमले जितेको यो पहिलो विश्वकप उपाधि हो ।

मुम्बईस्थित डीवाई पाटिल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै २९८ रन बनाएको थियो ।

भारतबाट सफाली र दीप्तिले अर्धशतकीय पारी खेले । सफालीले ७८ बलमा सात चौका र दुई छक्कासहित ८७ रन बनाइन् ।

दीप्तिले ५८ बलमा तीन चौका र एक छक्कासहित ५८ रनको योगदान गरिन् ।

ओपनर स्मृति मन्धनाले ४५ रन जोडिन् । सफाली र स्मृतिले पहिलो विकेटका निम्ति १०४ रनको साझेदारी गरेका थिए ।

विकेटकिपर रीचा घोषले ३४ रनको योगदान गरिन् । जवाफमा दक्षिण अफ्रिका २४६ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका निम्ति ओपनर तथा कप्तान लौरा वोल्वाड्र्टले १०१ रन बनाइन् ।

उनको यो इनिङ जितका निम्ति पर्याप्त बनेन । एनेरी डेर्कसनले ३५, सुन लुसले ३५ र ताज्मिन ब्रिट्सले २३ रन थपे ।

बलिङतर्फ भारतकी दीप्तिले दक्षिण अफ्रिकाका पाँच खेलाडीलाई पेभिलियनको बाटो देखाइन् । सफालीले दुई र श्री चरामीले एक विकेट लिए ।

Page Views: 90
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात
  • आजदेखि फ्लाई दुबईले पोखरा रुटमा नियमित उडान गर्दै
  • काभ्रेमा भारी वर्षाकाे सम्भावनालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाउन आग्रह
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama