Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शीतलहरका कारण सप्तरीका दुई पालिकाको विद्यालय बन्द

- shuvadmin / सोमबार, पुष १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कल्याणपुर, केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुन थालेका छन् ।

शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द हुन थालेका हुन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गरेर पुस १४े देखि १८ गतेसम्म पाँच दिनका लागि सबै विद्यालय बन्द गरेको छ ।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले पालिकाअन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको जानकारी दिए ।

यस्तै, राजगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले सूचना जारी गर्नुहुँदै अत्याधिक रुपमा बढेको चिसो तथा शितलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पाँच दिनका लागि बिदा दिने जनाए ।

वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी सोमबारदेखि शुक्रबारसम्म प्रशासनिक कार्य बाहेक नियमित पठनपाठन कार्य बन्द पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ ।

सप्तरीमा विगत दुई सातादेखि चिसो बढेको र चारदिनदेखि लगातार चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ भने बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।

Page Views: 73
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama