Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गुल्मीका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गुल्मी, व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ। गुल्मीको सत्यवती गाउँपालिका– ८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

२०६५ देखि किबी लगाउन सुरु गरेका यहाँका कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ। किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आम्दानीमा वृद्धि हुँदै गएको छ।

जिल्लामा सबैभन्दा बढी किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा किबीको व्यावसायिक उत्पादन हुँदै आएको छ ।

यस वर्ष त्यहाँका कृषकले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिए।

भार्सेमा उत्पादित किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्री गरिन्छ।

बजारमा उपलब्ध किबीको तुलनामा भार्सेमा उत्पादित किबीको फुटकर मूल्य प्रतिकिलो २०० देखि ३०० रुपैयाँसम्म रहेको छ। यहाँका कृषकको मुख्य आम्दानी किबीखेती बनेको छ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो।

किबीखेतीको व्यावसायिक उत्पादनका लागि कृषकलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, खम्बा निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए।

गत वर्ष गाउँपालिकाबाट नर्सरी सपना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए।

भार्सेका कृषक यमबहादुर थापा व्यावसायिक किबीखेती कृषकअन्तर्गत पर्छन्।

उनले लगाएका सबै १५० बोटले फल दिन थालेको छ। गत वर्षको तुलनामा यसपटक उत्पादन घटे पनि किबीको बजार मूल्य भने राम्रै रहेको थापाले बताए।

उनको बारीमा रेडकिबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी रहेका छन्। अन्य खेतीको तुलनामा किबीबाट मनग्य आम्दानी हुने उनको अनुभव छ।

भार्सेका कृषक पाँच किबी समूह गठन गरेर व्यावसायिक रूपमा उत्पादन गर्दै आएका छन्।

सबैभन्दा धेरै किबी उत्पादन गर्नेमा ठूलापोखरी समूह पर्छ। भार्से गाउँका पाखा बारी किबीले ढपक्कै ढाकिएका छन्।

किबीका बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन शुरु गरेपछि यो कृषकको मुख्य रोजाइमा परेको हो।

किबीले एउटै बोटबाट ६० किलोदेखि १२० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए।

बाँदर, बनेल र चराचुरुङ्गीबाट अन्य खाद्यबाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती भार्सेका कृषकका लागि यतिबेला प्रमुख आम्दानीको स्रोत बनेको छ

किबी बढी झुसिलो हुने भएका कारण पनि वन्यजन्तुले खासै हानी नोक्सानी गर्दैनन्।

जिल्लामा १ हजार २०० मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ।

गुल्मीमा सत्यवती गाउँपालीकालगायत कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोछट, मुसिकोटलगायत पालिकामा पछिल्लो समयमा किबीको व्यावसायिक खेती गर्न थालिएको छ।

किबी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ। किबीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

यसमा फाइबर पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ। यसलाई जुस बनाउन र सलादका रुपमा प्रयोग गर्ने गरिन्छ।

यो फलमा धेरै पौष्टिक तत्त्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ।

रासस

Page Views: 50
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama