काठमाण्डू, माघ लागेपछि सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज (माघ २ गते) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो (माघ १ गते) यो समय काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियोे। यद्यपि बिहान ८:४५ बजे बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस कायम भएको थियो।
आज (शुक्रबार) को आधिकारिक न्यूनतम तापक्रम पनि उक्त समयमा पुनस् मापन हुनेछ। त्यतिबेला बिहान ५:४५ बजेको सुरुवाती मापनको भन्दा काठमाडौँको न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ।
यसअघि पुस ३० गते (बुधबार) सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर २.३ डिग्री सेल्सियस कायम भएको थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा बस्यो भने घट्छ।