Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्डसँग नेपालको हार

- shuvadmin / आइतबार, माघ ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

काठमाडौंमा आज आइतबारदेखि शुरु भएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।

थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । नानपत कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् ।

नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।

पावर प्लेमा उत्कृष्ट शुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछि भने सोचेजस्तो खेल खेल्न नसक्दा कमजोर लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो ।

ओपनर सम्झना खड्का ११ बलमा ६ चौकाको सहयोगमा २६ रन बनाएर क्याच आउट भएकी थिइन् ।

यस्तै, अर्की ओपनर विन्दू रावल ४४ रनमा आउट भएकी थिइन् । ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दूको यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो ।

उनी आउट भएपछि नेपालको खेलको लय बिग्रन पुगेको थियो ।

यस्तै, रुवीना क्षेत्रीले १० बलमा २ छक्का र १ चौका प्रहार गरी १७ रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् ।

पूजा महतो १२ रन, इन्दू बर्मा ६ रनमा क्याच आउट हुँदा कविता कुँवर २ रनमा रनआउट हुन पुगेकी थिइन् ।

यस्तै, सीता रानामगर शून्य रनमा नै आउट हुँदा रिया शर्मा ४ र सुमन विष्ट शून्य रनमा नै आउट भएकी थिइन् । काजल श्रेष्ठ भने २ रनमा अविजित रहेकी थिइन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिएकी थिइन् ।

ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट लिएका थिए ।

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Page Views: 77
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama