Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन

- shuvadmin / सोमबार, माघ १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो।

नेपालले आजको खेलमा अघिल्लो टोलीमा रहेकी एक खेलाडी परिवर्तन गरेको छ। मनीषा उपाध्यायले प्लेइङ ११ मा स्थान बनाउँदा सुमन विष्ट बाहिरिएकी हुन्।

प्लेइङ ११

विन्दू रावल, सम्झना खड्का, रोमा थापा, पूजा महतो, इन्दू बर्मा (कप्तान), रुबीना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र मनीषा उपाध्याय

सुपर सिक्समा पुग्न नेपालले आजको खेल फराकिलो जीत हासिल गर्नुपर्नेछ। आज स्कटल्यान्डलाई हराएर मात्र नेपाललाई सुपर सिक्समा पुग्न पर्याप्त हुँदैन।

अर्को खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डलाई पनि फराकिलो अन्तरले हराउनुपर्नेछ। नेदरल्यान्ड्स र थाइल्यान्ड पनि आजै भिड्दै छन्।

आज नेपालले स्कटल्यान्डलाई हराए अंक तालिकामा चार अंक जोड्नेछ। दुई खेलमा जीत र एक खेलमा हार भोगेको स्कटल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छ।

दुइ खेलमा हार र एक खेलमा जीत गरेको नेपालसँग २ अंक मात्र छ भने अंकतालिकाको चौथो स्थानमा छ।

Page Views: 90
संबन्धित शिर्षकहरु
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama