म्याग्दीबाट स्वतन्त्र निर्वाचित सांसद तथा पूर्वमन्त्री डा.महावीर पुनमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना समातिएका छन् । कास्कीको पोखरा महानगरपालिका–१३, बाँझापाटनका ४३ वर्षीय विकास गुरुङ उक्त अभियोगमा पक्राउ परेका हुन् ।
गत फागुन २५ गते पोखरा–२९, पृथ्वीचोकस्थित सडकमा किताब बेचिरहँदा महावीर र एक व्यक्तिबीच विवाद भएको थियो । धकेलिएको निहुँमा शुरु भएको विवाद पछि थुकाथुक नै चलेको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
प्रहरीको सुक्ष्म अनुसन्धानपछि आज विकास समातिएका हुन् । उनलाई महेन्द्रपुलबाट नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार उनी यसअघि तीन पटक लागूऔषध मुद्दामा जेल पुगिसकेकोसमेत खुलेको छ ।