हावाहुरीका कारण खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ । हिजो फागुन २ गते साँझ परेको वर्षासँगै आएको हावाहुरीले एफएमको टावर भाँचिएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण बन्द भएको छ । तिव्र गतिको हावाहुरीले रेडियोको टावर भाँचिएर भुइँमा थुप्रिएको एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताएका छन् ।
हावाहुरीले एफएमको टावर सँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना समेत उडाएको छ भने हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ ।
हिजाको हावाहुरीका कारण खोटाङका विभिन्न ठाउँमा दर्जनौं घर तथा विद्यालयको छाना उढाएको छ ।