अहिले मुलुकभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले माैसममा परिवर्तन आएकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जसका प्रभावका कारण केहि भागमा आंशिक बादलसहित पानी पर्ने बताइएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ भने तराई भू–भागमा आंशिक बादल लाग्ने बताइएकाे छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरि मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू–भागमा गर्मी बढ्ने सम्भावना रहेको छ भने देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएकाे छ ।