गएराति आगलागीमा परि सप्तरीमा एक दर्जन घर जलेर नष्ट भएको भएकाे छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, वभनगामा टोलमा लागेकाे आगाेले एक दर्जन घर जलेर नष्ट भएको हाे ।
प्रहरीका अनुसार आगलागीबाट ६ परिवारको १२ वटा घर जलेर नष्ट भएको बताइएकाे छ । स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले उक्त दुर्घटना भएकाे थिाये । यादवको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक/एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठ पूर्ण रुपले जलेर नष्ट भएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब रु ४५ लाखभन्दा बढीको धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । स्थानीयवासी र हनुमाननगर कंकालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्रकाे सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।