राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा सार्वजनिक गर्न इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेकाले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेकाे छ ।
एसईई परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको र रुजुकाे काम सकिएपछि नतिजा सार्वजनिक गर्ने बताइएकाे छ । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।
आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने र बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ । गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको एसईई परीक्षामा यसवर्ष ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्रका साथै अन्य ७ जनाले परिक्षा दिएका थिए ।