Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल

- शुभ बिहानी / मङ्गलबार, बैशाख २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह वुडाल विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल भएका छन् । पाटा नेपाल च्याप्टरमा रहेर नेपालको पर्यटन विकास र अन्तर्राट्रिय बजारमा नेपाली गन्तब्यहरुको जनचेतना अभिबृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्याए बापत उनि यस अवार्डका लागि छनौट भएका हुन् । पाटा नेपाल च्याप्टरका विभिन्न आरोह अवरोहहरुको सामना गर्दै नेपालमा हिमालयन ट्राभल मार्ट तथा अन्तर्राष्ट्रिय विभिन्न फोरमहरु मर्फत सुरेशले नेपालको प्रबद्र्धनमा ठूलो भूमिका खेल्दै आएका छन् । काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित विशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० समेत रहेका वुडाल लामो समयदेखि नेपालको पर्यटन क्षेत्रको रणनीतिक योजना, पर्यटन बजार प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा युवा सहभागिता अभिवृद्धिमा सक्रिय रहँदै आएका छन् । काठमाडौं एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटीबाट ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्टमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले सन् २०१३ देखि पाटा नेपालसँग आबद्ध हुँदै पर्यटन क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेका छन् ।
पाटा नेपालमा कार्यकारी अधिकृतको रूपमा यात्रा सुरु गरेका वुडालले पर्यटन मार्केटिङ, अनुसन्धान, पर्यटकीय उपज विकास, मानव संसाधन विकास तथा अन्तर्राष्ट्रिय स्तरका नेटवर्किङ कार्यक्रम सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

उनको नेतृत्वमा सन् २०१७ देखि लगातार ६ संस्करणसम्म नेपालको प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड शो ‘हिमालयन ट्राभल मार्ट’ सफलतापूर्वक आयोजना गरिएको छ । साथै, नेपाल, भारत र चीनबीच पर्यटन सहकार्य विस्तार गर्ने उद्देश्यले पोखरामा आयोजित पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नेपाल इन्डिया चाइना एक्स्पो ९ल्क्ष्ऋभ्० २०२४’ को अवधारणा तथा सञ्चालनमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी पाटा इन्टरनेशनल द्वारा पाटा फेस अफ द फ्युचर २०२० अवार्ड बाट समेत सम्मानित भएका थिए ।

आयोजकका अनुसार नेपालको पर्यटन क्षेत्रलाई रणनीतिक रूपमा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नयाँ सम्भावना सिर्जना गरेको योगदानको कदरस्वरूप उनलाई “बेस्ट इन टुरिज्म स्ट्राटेजी अवार्ड” प्रदान गरिएको हो ।

‘विङ्स अण्डर फोर्टी’ मा ४० वर्षमुनिका युवा उद्यमीले सञ्चालन गरेका ट्राभल एजेन्सी तथा तिनका सञ्चालकहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । ‘बेस्ट इनबाउन्ड ट्राभल एजेन्सी’ मा थार्मसेकु ट्राभल्सकी डिकी शेर्पा, ‘दि वुमन लिडर’ मा रियान ट्राभल्स एण्ड टुर्सकी गीता ढकाल, ‘बेस्ट इन लक्जरी होलिडे प्लानिङ’ मा लाइफस्टायल होलिडेजका सुमेध शाक्य, ‘बेस्ट होटलियर वुमन’ मा सीजी होल्डिङ्सकी विधात्री चौधरी तथा ‘दि मस्ट अवार्डेड ट्राभल एजेन्सी’ मा ह्याम्लेट टुर्सका जीवन कोइरालाले अवार्ड जितेका थिए ।

त्यस्तै, ‘दि मस्ट डाइभर्सिफाइड ट्राभल एजेन्सी’ मा सेभेनस्टार इन्टरनेशनल ट्राभलका विष्णु प्रसाद कँडेल, ‘बेस्ट ओटीए’ मा फ्लाइट्स ज्ञानीका माधव कँडेल, ‘दि फास्टेस्ट ग्रोइङ ट्राभल एजेन्सी’ मा इम्पायर ट्राभल्सका विराज दाहाल, ‘टप सेलर’ मा रोमिङ नेपालका समीर बरालकोटी, ‘दि योङ्गेस्ट ट्राभल आन्टरप्रेनर वुमन’ मा सासा टुर्सकी सोनी राणा तथा ‘दि योङ्गेस्ट ट्राभल आन्टरप्रेनर’ मा प्याङ्गोलिन ट्राभल्सका सुरेश खत्रीले अवार्ड जितेका थिए ।

त्यसैगरी, ‘बेस्ट ट्राभल इन्फ्लुएन्सर’ तर्फ सिसन बानियाँले अवार्ड जित्न सफल भए भने ‘दि मस्ट इन्फ्लुएन्सिङ पर्सोना’ मा सोल्टी होटल्सका भाइस प्रेसिडेन्ट सुदर्शन चौलागाईं सम्मानित भएका थिए ।

Page Views: 12
संबन्धित शिर्षकहरु
एसईई पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म
विपन्न बालबालिकालाई कपडा वितरण
बेनी–जोमसोम सडक अवरुद्ध
ताजा अपडेट
  • एसईई पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म
  • विपन्न बालबालिकालाई कपडा वितरण
  • पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
  • बेनी–जोमसोम सडक अवरुद्ध
  • नेपाल र स्कटल्याण्ड भिड्दै
  • बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते
  • आज पनि माैसम बदलीसँगै चट्याङ्गसहित वर्षाकाे सम्भावना
  • एसईईमा ६५.९८ विद्यार्थी उत्तीर्ण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama