Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

छैटौँ आदिवासी चलचित्र महोत्सव सुरु

- शुभ बिहानी / सोमबार, जेठ १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव चलचित्र विकास बोर्डकाे कार्यालयमा सुरु भएको हाे ।

महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

आदिवासी जनजातिभित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्रहरू प्रदर्शन गरिने उक्त महोत्सवका निर्देशक सागर केरुङले जनाएका छन् । महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताइएकाे छ ।

आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बन्ने बताए । यता चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवको उद्घाटन सत्रमा बाेल्दै महोत्सवले मौलिक सस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखेका थिए ।

आयोजकका अनुसार महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’लगायतका चलचित्र प्रदर्शन गरिने बताइएकाे छ । साथै उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्रलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने बताइएको छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
कुन तरकारीकाे मूल्य कति
प्रचण्डलाई निमोनिया केही दिन अस्पतालमै बस्नु पर्ने
यार्सागुम्बा खाेज्न गएका एक जनाको मृत्यु
ताजा अपडेट
  • छैटौँ आदिवासी चलचित्र महोत्सव सुरु
  • कुन तरकारीकाे मूल्य कति
  • प्रचण्डलाई निमोनिया केही दिन अस्पतालमै बस्नु पर्ने
  • यार्सागुम्बा खाेज्न गएका एक जनाको मृत्यु
  • नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा पुग्याे
  • प्रधानमन्त्रीकाे अभिव्यक्तिको सर्वत्र विरोध
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama