रुकुमपूर्वको सिस्ने गाउँपालिका-५, कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ । तालमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार पुथा उत्तरगङ्गा गाउँपालिका–९, खाराबाङकी आठ वर्षीया साहासी रोका मगरको डुबेर मृत्यु भएको बताइएकाे छ ।
बालिका तालमा डुबेपछि उनकाे साथीले प्रहरीलाई खबर गरेकाे र सूचना पाएलगत्तै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुमपूर्व लगेको थियो । अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको सूचना अधिकारी विकले जानकारी दिएका छन् ।