Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असार ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेल अन्तरले हरायाे

- शुभ बिहानी / आइतबार, असार ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिफा विश्वकप २०२६ अन्तर्गतकाे खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेलकाे फराकिलाे अन्तरले हराएकाे छ । नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाउने लगभग सुनिश्चित गरेको हाे ।

नेदरल्यान्ड्सकाे तर्फबाट रोनाल्ड कोम्यानको टोलीका लागि ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरेका थिए भने क्रिसेन्सियो समरभिलले एक गोल थपेर ५ गाेल भएकाे थियाे । स्विडेनका लागि १ गोल एन्थोनी एलाङ्गाले गरेका थिए ।

खेलको पाँचौँ मिनेटमै नेदरल्यान्ड्सले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै अग्रता बनाएकाे थियाे । खेलको १७औँ मिनेटमा ब्रोबेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै नेदरल्यान्ड्सले तेस्रो गोल थप्यो । खेलको ५४औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल पूरा गरे । दोस्रो हाफ सुरुसँगै मैदान प्रवेश गरेका समरभिलले तीव्र गतिमा अगाडि बढ्दै गाक्पोलाई पास उपलब्ध गराए र उनले तल्लो कुनामा उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए ।

खेलमा स्विडेनले ५९औँ मिनेटमा एक गोल फर्काएकाे थियाे । वैकल्पिक खेलाडी एलाङ्गाले उत्कृष्ट थ्रु पासमा दौडिँदै गोलरक्षक फेर्ब्रुगेनमाथिबाट बल उचालेर गोल गरेका थिए । यस जितसँगै नेदरल्यान्ड्स ४ अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ भने स्विडेनले नकआउट चरणमा पुग्न अन्तिम समूह खेलमा जापानविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
कलाकार खेम शर्मा ‘चतुरे’को निधन
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
ताजा अपडेट
  • महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
  • कलाकार खेम शर्मा ‘चतुरे’को निधन
  • भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
  • नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेल अन्तरले हरायाे
  • चितवनमा रास्वपाकाे महाधिवेशन सुरु
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • कतारमाथि क्यानडाकाे गाेलकाे वर्षा ६–० को जित
  • चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama