चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । एक समयका चर्चित कलाकार उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आज बिहान निधन भएको हाे ।
कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत जानकारी दिएका छन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए ।
उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका कलाकार हुन् । दर्जनौं टेलिफिल्म र फिल्महरूमा कामगरेका शर्माले ‘चतुरेको दाउपेच’ नामक फिल्मसमेत निर्माण गरेका थिए ।