Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पेनाल्टी सुटआउटमा मोरक्कोसँग नेदरल्यान्ड्स पराजित

- शुभ बिहानी / मङ्गलबार, असार १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मोरक्कोसँग नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पराजित भएकाे छ । पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हाे ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरेको हो । मेक्सिकोसँग पराजित नेदरल्यान्ड्स  विश्वकपबाट बाहिरिएको छ ।

त्यसअघि खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा  दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियाे भने पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो अग्रता लिएको थियो । उसका लागि कोडी गाक्पोकोले गोल गरेका थिए भने उनले क्राइसेन्सियो समरभिलको पासमा गोल गरेर खेलमा पहिलो अग्रता लिएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा मोरक्कोले बराबरी गोल फर्कायो । मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याएका थिए । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।

त्यसअघि आजै बिहान अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

Page Views: 14
संबन्धित शिर्षकहरु
सुन चाँदीको मूल्य घट्याे
काभ्रेमा बर्डफ्लुकाे उच्च जाेखिम ४० हजार हाँस र कुखुरा नष्ट गरियाे
आज कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • सुन चाँदीको मूल्य घट्याे
  • पेनाल्टी सुटआउटमा मोरक्कोसँग नेदरल्यान्ड्स पराजित
  • काभ्रेमा बर्डफ्लुकाे उच्च जाेखिम ४० हजार हाँस र कुखुरा नष्ट गरियाे
  • आज कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • देशभर मौसममा बदली विभिन्न स्थानमा वर्षा
  • आज राष्ट्रिय सभाको बैठक बस्दै
  • देशकाे विभिन्न भागमा पानी पर्दै
  • आज कुन राशिकाे राशिफल कस्ताे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama