काठमाण्डौ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य कमी आएको छ।
अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुन प्रतितोला रु ४०० र चाँदी प्रतितोला रु १० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९० हजार ३०० निर्धारण गरिएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रु ४ हजार ६०५ कायम भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ९० हजार ७०० र चाँदी प्रतितोला रु ४ हजार ६१५ मा कारोबार भएको थियो।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदीको मूल्य प्रतितोला रु ४ हजार ४५० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, विभिन्न सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार १७४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।