Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट

- शुभ बिहानी / सोमबार, साउन १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालकाे पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा गिरावट आएको हो ।

काँकडभिट्टा भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०८२/०८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१/०८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।

अहिले परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट ६३ करोड ९६ लाख ८९ हजारको गिरावट आएको छ । प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ ।

नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैर-भन्सार अवरोध र अन्तर्राष्ट्रिय बजारको माग अनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको बताइएकाे ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गरेकाेमा अहिले निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा समेत असर पार्ने देखिन्छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
ताजा अपडेट
  • चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
  • पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट
  • पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
  • नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
  • दुर्गा प्रसाईं पक्राउ
  • पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि
  • चौरी देउरालीमा मनाइयो कोदो दिवस
  • सर्लाहीको मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama