Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, साउन २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतले नेपाललाई ८० करोड बढि सहयोग उपलब्ध गराउने

- शुभ बिहानी / बुधबार, साउन २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ८० करोड भन्दा बढि सहयोग उपलब्ध गराउने भएकाे छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीलेले ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ ।

त्यसैगरि मोरङको बेलबारी नगरपालिका–३, मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिने बताइएकाे छ । त्यस्तै, बागमती प्रदेशको धादिङको ज्वालामुखी गाउँपालिका–६, मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, कर्णाली प्रदेशको दैलेखको डुङ्गेश्वर गाउँपालिका–५, मा १० शय्याको अस्पताल निर्माण हुनेछ ।

सम्झाैता अनुसार हुम्लाको सर्केगाड गाउँपालिका–४, मा कृषि प्रवर्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४, मा कोल्ड स्टोर निर्माण गरिनेछ । उक्त परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने बताइएकाे छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
करदाता प्रोत्साहन उपहार विजेताको नाम सार्वजनिक
कुन-कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज सात वटा संसदीय समितिको बैठक बस्दै
ताजा अपडेट
  • करदाता प्रोत्साहन उपहार विजेताको नाम सार्वजनिक
  • भारतले नेपाललाई ८० करोड बढि सहयोग उपलब्ध गराउने
  • कुन-कुन विदेशी मुद्राको विनिमयदर कति ?
  • आज सात वटा संसदीय समितिको बैठक बस्दै
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama