Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, साउन २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

करदाता प्रोत्साहन उपहार विजेताको नाम सार्वजनिक

- शुभ बिहानी / बुधबार, साउन २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत विजेताको नाम सार्वजनिक गरिएकाे छ । आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमकाे विजेताको नाम सार्वजनिक गरेको हाे ।

कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका बन्दै १० लाख रुपैयाँ जितेका छन् । त्यसैगरि विजेता उपभोक्ता पुरस्कारतर्फ १३ जनाकाे नाम छनोट भएकाे छ ।

जसमा अनिषा फौदार खनाल, अमित राई, नरेन्द्रबहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कँडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ रहेका छन् ।

विभागका अनुसार विजेता उपभोक्तामध्ये दुई वटा कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल समावेश गरिएको छैन् ।

छनोट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को दफा ९ बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ ।

नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा यही साउन २२ गते करदाता प्रोत्साहन उपहार कार्यक्रमका पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो ।

Page Views: 12
संबन्धित शिर्षकहरु
भारतले नेपाललाई ८० करोड बढि सहयोग उपलब्ध गराउने
कुन-कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज सात वटा संसदीय समितिको बैठक बस्दै
ताजा अपडेट
  • करदाता प्रोत्साहन उपहार विजेताको नाम सार्वजनिक
  • भारतले नेपाललाई ८० करोड बढि सहयोग उपलब्ध गराउने
  • कुन-कुन विदेशी मुद्राको विनिमयदर कति ?
  • आज सात वटा संसदीय समितिको बैठक बस्दै
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama