जाजरकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।
भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको केन्द्रले जनाएको छ । विगतमा पनि जाजरकोट र आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर साना-ठुला भूकम्पहरू जाने क्रम जारी रहेकाले भूकम्पविज्ञहरूले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।