जनआकाश मिडियाको १९औ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । जनअकाशका प्रधान सम्पादक मोहन कार्कीको सभापतित्मा सम्पन्न कार्यक्रममा निवर्तमान उपसभामुख तथा प्रतिनिधिसभा सदस्य ईन्दिरा रानामगरको प्रमुख आतिथी हुनुहुन्थ्याे ।
नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शान्तराम विडारी विशेष अतिथि र नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखे्रल, सगरमाथा आरोहन संघका अध्यक्ष दिवश पोखरेल, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष बिष्णु भण्डारी, वरिष्ठ पत्रकार भरत ढकाल, सुसेली प्र्रबर्धक दुर्गा अधिकारी भमरकोटे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदी लगायतको आतिथी हुनुहुन्थ्याे ।
राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा कविता, गीत, सुसेली बाचन गरेर रमाईलो गरिएको थियो भने बिभिन्न विद्यामा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले जन आकाश मिडियको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिनु भएको थियाे । दिपेश एसके र प्रतिमा राईले स्वदेशगानमा स्वागत नृत्यले कार्यक्रममा उपस्थितिलाई आकर्षण गर्नुभएको थियाे ।
संगीत खबर कार्यक्रमा भाग लिएका कलाकार र जन आकाशकै पत्रकार विनोद कार्कीले लेखेको फुल भिरैमा लोक आधुनिक गीतमा स्वर दिएका गायक, गायिका, नृत्यकार संगीत दिएका संगीतकार सवै कलाकारहरुलाई कदर पत्रले सम्मानित गरिएको थियाे ।
कार्यक्रममा उस्थित हुन नसकेपनि बृद्धा अवस्थामा रहेका पुर्व उपरथी तेज प्रकाश बाँनिया र बरिष्ठ समाजसेबी भ्रद्र कुमारी घलेले शुभकामन सन्देशमार्फत मोहन कार्की लगायतको टिमलाई आर्शिवाद शहितको कविता पठाउनु भएकाे थियाे । उक्त कविता र सुसेली कार्यक्रममा बाचन गरिएको थियो ।
उपस्थित सवैलाई कार्यक्रमका सभापति तथा प्रमुख अतिथिको हातवाट मायाको चिनोले सम्मानित गरिएको थियाे । जन आकाश साप्ताहिकले विगत १० वर्षदेखि सामाजिक उत्तर दाईत्वको क्षेत्रमा काम गर्दै आएको छ भने जन आकाशका सञ्चालक मोहन कार्की हुनुहुन्छ ।
सञ्चालक कार्की पत्रकार मात्र नभएर गीतकार, साहित्यकार, लेखक समेत हुनुहुन्छ । उहाँले लेखेको माइली उपन्यास, कृपज विकासवादी कृति, आउन साथी आऊ सवै मिली विजयीको मिटो गीत गाऊ र मलाइ सुन्दर नेपाल बनाउने रहर छ बोलको स्वदेश गान सार्वजनिक गरिसकेका व्याक्तित्व हुनुहुन्छ ।