Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने

- शुभ बिहानी / सोमबार, भदौ ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री-वितरण नियमित बनाउने भएको छ । निगमले एक सूचना जारी गर्दै भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास वितरणको व्यवस्था मिलाइएको जनाएको हो ।

जसअनुसार उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ । सूचना अनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनु पर्नेछ ।

त्यसैगरि विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको र उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने बताइएकाे छ ।

निगमले ग्यास बिक्री–वितरण गर्दा घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित उद्योग तथा विक्रेतालाई निर्देशन दिएको छ । निगमले ग्यास ढुवानी र वितरण कार्यलाई सहज बनाउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न अनुरोध समेत गरेको छ ।

त्यसैगरि ग्यास वितरणको अवस्था अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटाइएका जनशक्तिसहितको संयुक्त टोली परिचालन गरिने छ भने नजिकको विक्रेताबाट ग्यास नपाएका तथा तत्काल आवश्यक परेका उपभोक्ताले निगमको ‘क्विक रेस्पोन्स टिम’मा सम्पर्क गर्न सक्नेछन् । त्यसका लागि निगमले ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर उपलब्ध गराएको छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
ताजा अपडेट
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
  • पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
  • थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
  • आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने
  • कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति
  • जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न
  • आजकाे राशिफल कस्ताे छ ?
  • पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्व

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama