Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असोज १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

- शुभ बिहानी / बुधबार, भदौ ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेअनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको छ ।उक्त बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन भने त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान गर्ने प्रक्रिया अघि बढ्नेछ ।

यसअघि गत साउन २९ मा भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नियुक्त भएका उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यहाँ दुई राज्यमन्त्री, सात मन्त्रीसहित १० जनाको मन्त्रिमण्डलमा हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा रहेका छन् ।

मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली काँग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

Page Views: 89
संबन्धित शिर्षकहरु
बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
नेपालबाट मनसुन बाहिरिने तयारीमा
समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
ताजा अपडेट
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा
  • समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
  • सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
  • दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन
  • संघीय संसद्को चालु अधिवेशन अन्त्य
  • निःशुल्क आँखा जाँच शिविर सञ्चालन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama