Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

- शुभ बिहानी / बिहिबार, भदौ ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

इलाम, सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता रद्द भएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ।

तोकिएको अवधिभित्र रकम नबुझाए प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने कार्यालयले जनाएको छ।

डिभिजनअन्तर्गत सञ्चालन भएका विभिन्न सडक तथा पूर्वाधार आयोजनामा सम्झौताअनुसारको दायित्व पूरा नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेको ठहर भएपछि सम्बन्धित निर्माण व्यवसायीको ठेक्का रद्द गरिएको थियो।

ठेक्का अन्त्य भएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) तथा सार्वजनिक खरिद सम्झौताअनुसार कायम भएको सरकारी बाँकी रकम असुल गर्न कार्यालयले यसअघि पनि पटक–पटक ताकेता गर्दै आएको जनाएको छ।

तर, रकम दाखिला नगरिएपछि बिहीबार सार्वजनिक सूचना जारी गर्दै अन्तिमपटक ३५ दिनको समयसीमा दिइएको हो।

कार्यालयका अनुसार रकम नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खातामा जम्मा गरी बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा बुझाउनुपर्नेछ।

सरकारी बाँकी रकम बुझाउनुपर्ने निर्माण व्यवसायीमध्ये पाँचथरको बुढाथोकी निर्माण सेवाले २३ लाख ४ हजार ५८७ रुपैयाँ ४५ पैसा र ताप्लेजुङको मावोहाङ निर्माण सेवाले १ करोड ८ लाख २५ हजार २ रुपैयाँ ६२ पैसा दाखिला गर्नुपर्नेछ।

त्यस्तै, मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रालिका दुई ठेक्काबापत क्रमशः ४ करोड ५९ लाख ७१ हजार ५६३ रुपैयाँ ७५ पैसा र ३ करोड ४२ लाख ४७ हजार ७०८ रुपैयाँ ६८ पैसा सरकारी बाँकी रहेको छ।

इलामको एमडी ब्रो कन्स्ट्रक्सन प्रालिले ९ लाख ३४ हजार ७५० रुपैयाँ १ पैसा बुझाउन बाँकी छ।

धनकुटाको शाहरपूजा जेभीका दुई ठेक्काबापत ८६ लाख ३३ हजार ३१३ रुपैयाँ ७८ पैसा र ५७ लाख ३६ हजार ९५९ रुपैयाँ ६७ पैसा तथा आशिवर्दिरपूजा जेभीले १ करोड ७१ लाख ७४ हजार १६३ रुपैयाँ ९२ पैसा दाखिला गर्नुपर्नेछ।

यसैगरी, इलामको माईजोगमाईस्थित एबिसी निर्माण सेवाले १ करोड १८ लाख १३ हजार ३८४ रुपैयाँ २३ पैसा, धनुषाको केएम कन्स्ट्रक्सनले ३६ लाख ८७ हजार ७२६ रुपैयाँ ३६ पैसा तथा पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन प्रालिले ७९ लाख ४९ हजार २४५ रुपैयाँ २९ पैसा सरकारी बाँकी बुझाउनुपर्ने भएको छ।

धनुषाकै गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभीले भने १ करोड ९९ लाख १४ हजार ४४७ रुपैयाँ ९९ पैसा सरकारी बाँकी रकम दाखिला गर्नुपर्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ।

कार्यालयले सार्वजनिक सूचनामार्फत अन्तिम अवसर दिँदै तोकिएको ३५ दिनभित्र रकम दाखिला नगरे कानूनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

Page Views: 8
संबन्धित शिर्षकहरु
सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै
नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित
ताजा अपडेट
  • सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
  • एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै
  • नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित
  • सुनचाँदीको मूल्य बढ्याे
  • झापामा साउन महिनामा २५ विपद्का घटनामा ३४ लाख बढिकाे क्षति
  • विश्व लामखुट्टे दिवस मनाइँदै
  • विभिन्न सर्तसहित बढाइएको तलब भत्ता उपलब्ध गराइने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama