Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संविधान संसोधनका लागि प्रमुख ठूला दुइ दल मिलेर सरकार : सभापति बानियाँ

- shuvadmin / शनिबार, साउन १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली काङ्रेस वागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले संविधान संसोधनका लागि प्रमुख ठूला दुइ दल मिलेर सरकार बनाएको बताएका छन् ।

शनिवार काठमाण्डूको नयाँ वानेश्वरमा आयोजित वागमती प्रदेश भौतिक पूर्वाधार , निर्माण तथा यातायात बिभागको सदस्य मनोनित कार्यक्रमलाई संवोधन गर्दै सभापति बानियाँले प्रत्यक्ष निर्वचनमा नै समानुपातिक समाबेसिताको सुनिश्चिततका लागि संविधान संसोधन आवश्यक रहेको बताएका हुन् ।

उनले मुलुकको समृद्दि र बर्तमान ब्यावस्था जोगाउनका लागि प्रमुख दुइ ठूला दल मिलेर सरकार बनाएकाले यो सरकारलाई असफल हुने छुट नभएको जिकिर गरे ।

प्रदेशसभा सदस्य समेत रहेका सभापति बानियाँले सबै आन्तरिक विवाद छाटेर पाटी बनाउन लाग्नु पर्नेमा जोड दिए ।

एकले अर्कोलाई दोस लगाउन छाडेमा काँग्रेसलाई कसैले हराउन नसक्ने भन्दै सभापति बानियाँले माओवादी, राजा र राणासम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको काँग्रेसलाई हराउने भनेको आन्तरिक मनमोटाव नै भएको बताए ।

राजनीतिक दल धेरै भएकोले संविधान संसोधन गरेर आगामी निर्वाचनमा थ्रेस होल्डलाई बढाएर पाँच प्रतिशत बनाउन पर्नेमा सभापति बानियाँको जोड थियो ।

उनले काङ्रेसले कसैलाई काखा र पाखा नर्गने भएकोले इमान्दार भएर पार्टी निर्माणमा लाग्न बिभागका मनोनित सदस्यलाई आग्रह गरे ।

काँग्रेसको आगामी नेतृत्वले दाग लाग्ने कुनै काम गर्न नहुने भन्दै सभापति बानियाँले अनियमितता गर्नेजो कोही कानून बमोजिम कारवाहीको भागिदार बन्नु पर्नेमा जोड दिए ।

निर्माण र रोजगारीसित जोडिएको बिभाग भएकालेले यातायात र पूर्वाधारमा गर्नु पर्ने कामको सुझाब यो बिभागले दिएमा सरकारलाई झकझकाउन सकिने सभापति बानियाँको भनाइ छ ।

कार्यक्रममा काँग्रेस वागमतीका नेता जगदिश्वर नरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले सममति अनुसार नेतृत्व सहज हस्तान्तरण गर्नेमा शंका ब्यक्त गरे ।

उनले यो पटकको सहमति संसदमा रेकर्ड भएपनि सहज विश्वास गर्न सकिने बाताबरण भने नभएको बताए ।

संविधानसभा सदस्य समेत रहेका नेता केसीले बिभाग वागमती प्रदेशको पार्टीको मेरुदण्ड भएकोले बिभागमा रहेका सबै सदस्यले संगठन प्रति बफादार भएर लाग्न आग्रह गरे ।

पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिंदै नेता केसीले वागमतीमा काङ्रेस एक भएकोले पाटीैको हित र सङठन निर्माणमा लाग्नु पर्ने बताए ।

पार्टीमा कुनै गुट उपगुट नभएमा आगामी निर्वाचनमा काङ्रेसले अहिलेको भन्दा बीस सीट बढाउने नेता केसीको भनाइ थियो ।

वागमती प्रदेशका पूर्वमन्त्री कृश्णलाल भणेलले काँग्रेसले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताए । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा काँग्रेसले गरेका कामको वस अन्य दलले लिनु पीडादायी भएको जिकिर गरे ।

वागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात बिभाग प्रमुख बिक्रम लामाले प्रदेशका अन्य विभाग भन्दा फरक, अब्बल बनाउने प्रतिबद्दता ब्यक्त गरे ।

उनले समितिले कतै सीर निहुराउने काम नगर्ने र काङ्रेसको संगठन निर्माणमा मेरुदण्ड बन्न सहयोग पुग्ने काम गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिले मनोनित सदस्यलाई प्रमाण पत्र र अन्य अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख अतिथिलाई समितिका प्रमुख लामाले मायाको चिनो प्रदान गरेका थिए ।

समितिमा बिभिन्न क्षेत्रका २५ जनालाई सदस्यका रुपमा मनोनयन गर्रिको थियो ।

नेपाली कांग्रेस भौतिक पूर्वधार, निर्माण तथा यातयात विभाग
प्रमुख :- बिक्रम लामा ( नेपाली कांग्रेस बागमती प्रदेश सदस्य )

सदस्यहरू :-
१ ) चेत बहादुर तामाङ – काभ्रे
२) सन्तोष कुमार रोक्का – रामेछाप

  1. नेत्र मान प्रधान – मकवानपुर
  2. रामेश्वर पुडासैनी – नुवाकोट
  3. राज कुमार चौरेल – ललितपुर
  4. बिनु लक्ष्मी ताम्राकार – भक्तपुर
  5. खड्क प्रसाद सिवकोटी – दोलखा
  6. बिकास काजी श्रेष्ठ -सिन्धुपाल्चोल
  7. म्हेन्दो लामा – रामेछाप
  8. छिरिङ डोल्मा लामा – दोलखा
  9. चेतना थापा कार्की – धादिङ
  10. निर्मल लामा स्याङतान – काभ्रे
  11. कबिता भट्ट्राई – काठमाण्डौ
  12. हरी पनेरू – रसुवा
  13. पदम बहादुर भण्डारी-सिन्धुपाल्चोक
  14. अशोक कुमार तण्डुकार-काठमाण्डौ
  15. शिव कुमार खड्का – भक्तपुर
  16. बाबुराम प्रधानँग – काठमाण्डौ
  17. राज ढुँगाना – नुवाकोट
  18. दीपेन्द्र खरेल – काभ्रे
  19. कमल खत्री – भक्तपुर
  20. रमेश पौडेल – धादिङ
  21. राजन कार्की – चितवन
  22. निर्मल थापा – सिन्धुली
Page Views: 48
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama