Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

श्रीलंकाले भारतलाई हरायो, जेफ्री एक्लैले लिए ६ विकेट

- shuvadmin / सोमबार, साउन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, श्रीलंकासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ३२ रनले पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा श्रीलंकाले दिएको २ सय ४१ रनको मध्यम लक्ष्य पछ्याउनेक्रममा भारत ४२.२ ओभरमा २ सय ८ रनमै अलआउट भयो ।

उसका लागि कप्तान रोहित शर्माले ४४ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ६४ रन बनाए ।

यस्तै, अक्षर पटेलले ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ र विराट कोहलीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भारतको पारी ध्वस्त पार्नेक्रममा श्रीलंकन स्पिनर जेफ्री वान्डरसेले घातक बलिङ गरे । उनले १० ओभरमा ३३ रन दिएर ६ विकेट लिए ।

यस्तै, कप्तान चरिथ अशलंकाले ६।२ ओभरमा दुई मेडनसहित २० रन दिएर तीन विकेट हात पारे ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनायो ।

उसका लागि अविष्का फर्नान्डो र कामिन्दू मेन्डिसले ४०र४०, दुनिथ वेललागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ अशलंकाले २५, अकिला धनञ्जयले १५, सदीरा समरविक्रमाले १४ र जनिथ लियानागेले १२ रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दरले तीन, कुलदीप यादवले दुई, अक्षर पटेल र मोहम्मद सिराजले एकरएक विकेट लिए ।

यो जितपछि घरेलु टिम श्रीलंकाले सिरिजमा १–० को अग्रता लिएको छ । यी दुई टिमबीचको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।

श्रीलंका र भारतबीचको अन्तिम तथा तेस्रो खेल बुधबार हुनेछ ।

Page Views: 27
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
ताजा अपडेट
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
  • कक्षा १२ को परीक्षा आजदेखि सुरु
  • मनोहरा सुकुमवासी बस्तीमा डोजरसहित सुरक्षाकर्मी
  • बीपी राजमार्ग अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama