Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लिग-२ मा अमेरिकाको विजयी सुरुवात, क्यानडाविरुद्ध निकाल्यो रोमाञ्चक जीत

- shuvadmin / बुधबार, साउन ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, आइसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा सुखद सुरुवात गर्नेक्रममा अमेरिकाले गएराति सम्पन्न आफ्नो पहिलो खेलमा क्यानडाविरुद्ध १४ रनको रोमाञ्चक जीत निकाल्यो ।

क्यानडाले भने जारी श्रृंखलामा लगातार दोस्रो हार बेहोर्‍यो । आफ्नो छैटौँ खेलमा अमेरिकाले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन मात्र बनाउन सक्यो ।

उसका लागि हर्ष ठाकरले ७७, डिलन हेलिगरले ५६, आरोन जोनसनले ५५, प्रगत सिंहले ४२ र कप्तान निकोलस किर्तनले १४ रन बनाए ।

अमेरिकाका लागि नोस्टुश केन्जिगेले तीन तथा शेडले भ्यान शाल्कविक र जसदीप सिंहले दुईरदुई विकेट लिए ।

त्यसअघि नेदरल्याण्ड्सको हेगस्थित स्पोर्टपार्कमा टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनायो ।

उसका लागि कप्तान मोनांक पटेलले शतकीय इनिङ खेले । ९५ बलको सामना गरेका उनले सात चौका र पाँच छक्कासहित अविजित १२१ रनको इनिङ खेलेका हुन् ।

एकदिवसीयमा मोनांकको यो दोस्रो शतक हो । यस्तै, स्मित पटेलले ६३, शायन जहाँगीरले अविजित ५७, स्टिभन टेलरले २७ र आरोन जोन्सले १५ रन बनाए ।

क्यानडाका लागि डिलन हेलिगर, हर्ष ठाकर, सादबिन जाफर र प्रगत सिंहले एकरएक विकेट लिए ।

यो जीतपछि अमेरिका छैटौँ स्थानमा उक्लिएको छ । अमेरिकाको जीतले नेपाल सातौं स्थानमा झरेको छ । नेपालले अहिलेसम्म चार खेलबाट दुई अंक मात्र जोडेको छ ।

लिग–२ अन्तर्गत नेपालले दोस्रो सिरिज आउँदो सेप्टेम्बरमा खेल्ने तालिका छ । अमेरिकासँगको हारका बाबजुद क्यानडा दोस्रो स्थानमा कायमै छ ।

उसले अहिलेसम्म ६ खेलबाट ८ अंक जोडेको छ ।

Page Views: 39
संबन्धित शिर्षकहरु
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama