Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पारोसँग हार्‍यो चर्च ब्वाइज

- shuvadmin / बुधबार, साउन ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा चर्च ब्वाइज पारोसँग २–१ गोलले पराजित भयो । निरन्तर झरीका कारण हिलाम्मे मैदानमा सुरुवाती अग्रता लिएपनि चर्च ब्वाइज स्तब्ध बन्यो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा पारोले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो ।

जीतसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लियो ।

३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै टोलीको उत्साह जगाएका थिए । तर, लगत्तै पारोका कर्मा क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि ६७औँ मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोलाई जिताए ।

जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा जीत निकाल्न निकै हम्मे परेको थियो ।

यता नेपाली राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको चर्च ब्वाइज दोस्रो हाफमा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो ।

Page Views: 30
संबन्धित शिर्षकहरु
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama