Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विजयकृष्ण मुर्तिको प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्रबारे प्रहरीले छानबिन गर्दै, डीएसपीको नेतृत्वमा समिति गठन

- shuvadmin / आइतबार, भदौ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पशुपतिमा आयोजित कोटिहोमका संकल्पकर्ता विजयकृष्ण मुर्तिले प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्रबारे नेपाल प्रहरीले छानबिन थालेको छ ।

काठमाडौं प्रहरी परिसरले डीएसपी दिपेश बस्यालको नेतृत्वमा समिति बनाएर छानबिन सुरु गरेको हो ।

ठगी मुद्दामा जेल सजाय भोगिसकेका भण्डारीले तीन महिना अगाडि मात्रै प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्र मिडियामा सार्वजनिक भएको थियो । उक्त प्रमाणपत्रमा उनको क्रिमिनल रेकर्ड लुकाइएको छ ।

यसैको आडमा भण्डारीले आफूलाई निस्कलंक दावी गर्दै आएका छन् । प्रहरीबाट उनले यस्तो प्रमाणपत्र कसरी हत्याए भन्ने खुलेको छैन् ।

प्रहरी प्रधान कार्यालयकै लेटरहेड रहेको प्रमाणपत्रमा निरिक्षक उद्धव पोखरेलले हस्ताक्षर गरेका छन् ।

यही प्रमाणपत्रको विषयमा बुझ्नलाई शुक्रबार राति भण्डारीलाई नियन्त्रणमा लिन खोजीएको प्रहरीको भनाइ छ ।

तर, कोटीहोम स्थलमा पुगेको प्रहरी टोलीलाई भण्डारीका समर्थकले अवरोध गरेका थिए ।

प्रहरी पक्राउ नगरिकन रित्तो हात फर्किएको थियो । अब यो विषयमा सबै अनुसन्धान छानविन समितिले गर्ने स्रोतको भनाइ छ ।

समितिले सुरुमा आन्तरिक छानविन गर्ने र आवश्यकता अनुसार भण्डारीलाई सोधपुछका लागि बोलाउने स्रोतले जानकार दियो ।

यसअघि कोटिहोममा भएको लफडाको विषयमा छानबिन गर्न काठमाडौं जिल्ला प्रशासनले पनि एक समिति बनाएको छ ।

जिप्रका काठमाडौंका सहायक सीडीओको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको हो ।

Page Views: 27
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama