Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाललाई ७ वर्षपछि साफको फाइनल पुग्ने मौका, सेमिफाइनलमा आज भुटानसँग भिड्दै

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भुटानको सामना गर्दैछ ।

यी दुई टिमबीचको खेल आज अपरान्ह ३ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

नेपाल अपराजित रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले समूह चरणमा श्रीलंकालाई १–० तथा बंगलादेशलाई २–१ गोल अन्तरले हरायो ।

समूह ‘ए’ विजेताको रूपमा सेमिफाइनल खेल्न लागेको नेपाल भुटानलाई पनि हराएर फाइनलको यात्रा गर्न चाहन्छ ।

उता भुटानी टोली पनि राम्रो प्रदर्शन गरिरहेको छ । उसले ग्रुप स्टेजको पहिलो खेलमा गत संस्करण विजेता भारतविरुद्ध एक गोलको मात्र सामना गर्दा माल्दिभ्सलाई २–१ ले हरायो ।

भुटान समूह ‘बी’ को उपविजेताको हैसियतामा सेमिफाइनलमा नेपालसँग भिड्न लागेको हो ।

ऊ अब आयोजक टिम नेपाललाई पनि घरेलु मैदानमा स्तब्ध पार्दै पहिलोपटक फाइनलको यात्रा गर्न चाहन्छ ।

भुटानले हालसम्म दुईपटक उमेर समूहको सेमिफाइनल खेल्दा फाइनलको टिकट काट्न सकेको छैन ।

उसले सन् २०१७ र २०१९ को सेमिफाइनल खेलेको थियो । जहाँ भुटान दुवै सेमिफाइनलमा चौथो भयो ।

हालसम्म २० वर्षमुनिको साफमा नेपाल र भुटानले तीन खेलमा एकअर्काको सामना गरेका छन् ।

जसमा भुटानले दुई र नेपालले एक खेल जितेको विगत छ । यसरी हेर्दा ‘हेड टु हेड’ मा नेपालविरुद्ध भुटान हाबी देखिन्छ ।

पहिलो संस्करण अर्थात् सन् २०१५ को साफमा भुटानविरुद्ध नेपालले ३–१ गोल अन्तरको फराकिलो जीत निकाल्यो ।

उक्त खेलमा विमल घर्ती मगरले ह्याट्रिक गरे । सो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जित्यो ।

यस्तै, सन् २०१७ को साफमा भने भुटानविरुद्ध नेपाल पराजित भयो । उक्त खेलमा भुटानसँग नेपाल १–० ले पराजित भएको हो ।

सो खेलमा भुटानले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई हरायो । भुटानसँग हारेको उक्त संस्करणमा फाइनलमा भने नेपालले भारतलाई २–० ले हरायो । भारतविरुद्ध नेपालको जितमा दुवै गोल दिनेश हेन्जनले गरे ।

सन् २०१९ मा भने नेपालले भुटानसँग ३–० को फराकिलो हार बेहोर्यो । उक्त संस्करणमा नेपाल समूह चरणबाटै बाहिरियो ।

सन् २०२२ को साफमा भने भुटानले भाग लिएन । उक्त संस्करणमा नेपालले भारतसँग ८–० को लज्जास्पद हार बेहोर्‍यो ।

नेपाल सो चौथो संस्करणको साफमा सेमिफाइनलबाटै बाहिरियो । यस्तै, नेपाल सन् २०२३ को साफमा पनि सेमिफाइनलसम्म मात्र पुग्न सक्यो ।

उक्त संस्करणमा नेपाल पेनाल्टीसुटआउटमा भारतसँग पराजित भयो । नेपाली टिमसामु यसपटक सन् २०१९ को ३–० को हारको बदला लिँदै भुटानलाई हराएर फाइनल पुग्ने मौका छ ।

जारी साफमा नेपालका लागि निराजन धामीले दुई र समीर तामाङले एक गोल गरेका छन् ।

निराजनले दुई म्याच खेल्दा दुवैमा गोल गरेका छन् । यस्तै, समीरले बंगलादेशविरुद्ध गोल गरेका थिए । उनीहरू टिमका सर्वाधिक अनुभवी खेलाडीमध्येमा पर्छन् ।

समीरले त नेपालको सिनियर टिमबाट डेब्यूसमेत गरिसकेका छन् । उनले गत मार्चमा बहराइनविरुद्धको विश्वकप छनोट खेलेमा डेब्यू गरेका थिए ।

यस्तै, निराजनले ‘ए’ डिभिजनका साथै नेपाल सुपर लिगसमेत खेलिसकेका छन् ।

उनीहरू अब आफ्नो अनुभवको सदुपयोग गर्दै नेपाललाई फाइनलमा पुर्याउन पूरा कोशिस गर्ने छन् ।

Page Views: 49
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama