Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रामेछाप पहिरोमा बेपत्ता ६ जनाको शव भेटियो, पहिरोमा पुरिएर आमाछोराकै मृत्यु, अझै केही बेपत्ता

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रामेछाप, रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित ६ जनाको शव फेला परेको छ।

३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव भेटिएको हो।

‘पहिरोमा बेपत्ता ६ जनाको शव हामीले पहिरोबाट निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले नेपालखबरसँग भने, ‘पहिरोमा अझै केही बेपत्ता छन्। खोजी कार्य जारी छ।’

उनले चण्डिकाका आमाछोरा बाहेक पहिरोमा मृत्यु भएका ४ जनाको नाता सम्बन्ध खुल्न बाँकी रहेको बताए।

‘उनीहरु एकै घरका हुन् कि फरक परिवारका हुन् यकिन भएको छैन,’ उनले भने। गएराति साढे ३ बजे पहिरो जाँदा लेकखर्चका पाँचवटा घरमा क्षति पुगेको छ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंह, गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानसहितको टोली अहिले पनि घटनास्थलमै छ।

एकै गाउँको एक ठाउँमा खसेको पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ।

सोही गाउँको अर्को पहिरोमा एक घर परेको हो। जुन घरका दुई जनाको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

Page Views: 49
संबन्धित शिर्षकहरु
आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama