Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाललाई तेस्रोपटक साफ उपाधि जित्ने मौका, आज बंगलादेशसँग भिड्दै

- shuvadmin / बुधबार, भदौ १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

यी दुई टिमबीचको फाइनल प्रतिस्पर्धा दिउँसो साढे २ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ ।

नेपाल तेस्रो तथा बंगलादेश चौथोपटक फाइनल खेल्न लागेका हुन् । यसअघि बंगलादेशले सन् २०१७, २०१९ र २०२२ को फाइनल खेलेको थियो ।

यस्तै, नेपालले सन् २०१५ र २०१७ साफ फाइनलमा प्रतिस्पर्धा गर्‍यो ।

नेपाल हालसम्म फाइनल पुगेको दुवै संस्करणमा च्याम्पियन भएको इतिहास छ । बंगलादेश भने फाइनल पुगेको तीनवटै संस्करणमा पराजित भएको विगत छ ।

जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भुटान तथा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा हराए ।

प्रतियोगितामा अहिलेसम्म नेपाल अपराजित छ । नेपालले समूह चरणमा श्रीलंकालाई १–० तथा बंगलादेशलाई २–१ ले हरायो ।

यस्तै, नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले पाखा लगायो ।

यस्तै, बंगलादेशले समूह चरणमा नेपालसँग पराजय बेहोर्दा श्रीलंकालाई २–० ले हरायो ।

बंगलादेशले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।

भारतसँगको जीतपछि उत्साहित बंगलादेशी टिम नेपाललाई पनि हराएर पहिलोपटक उपाधि जित्न चाहन्छ ।

यता नेपाल बंगलादेशसँगको अपराजित यात्रा कायम राख्दै तेस्रोपटक साफ च्याम्पियन बन्ने योजनामा छ ।

हालसम्म २० वर्षमुनिको साफमा नेपाल र बंगलादेश चारपटक आमनेसामने भएका छन्, जसमा नेपालले तीन र बंगलादेशले एक खेल जितेको छ ।

यी दुई टिमबीचको पहिलो भेट सन् २०१५ को साफमा भएको थियो । उक्त प्रतियोगितामा नेपालले बंगलादेशलाई २–१ ले हरायो ।

यस्तै, यी दुई टिमले दोस्रो खेल सन् २०१७ को साफमा खेले । जहाँ नेपालले बंगलादेशविरुद्ध २–१ कै जीत निकाल्यो । नेपाल र बंगलादेशबीच तेस्रो प्रतिस्पर्धा सन् २०२२ को साफ सेमिफाइनलमा भयो ।

उक्त खेलमा भने बंगलादेशसँग नेपाल पेनाल्टी सुटआउटमा पराजित भयो ।

यी दुई टिमले तेस्रोपटक जारी साफमा एकअर्काको सामना गरे, जहाँ नेपालले बंगलादेशलाई २–१ ले हरायो ।

हालसम्म साफमा बंगलादेशविरुद्ध तीनपटक जीत निकाल्दा तीनैपटक २–१ को नतिजा हात पारेको छ ।

नेपाल बुधबार पनि सोही नतिजा दोहोर्याउँदै सर्वाधिक साफ उपाधि जित्ने मामलामा भारतको रेकर्ड बराबर गर्न चाहन्छ ।

हालसम्म उमेर समूहको साफमा सबैभन्दा बढी उपाधि जित्ने रेकर्ड भारतको नाममा छ । ऊ तीन पटकको च्याम्पियन टिम हो ।

यद्यपि यसपालि भने भारत सेमिफाइनलबाटै घर फर्किएको छ ।

Page Views: 59
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama