Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अन्तर्राष्ट्रिय विद्यार्थी संख्या घटाउने अष्ट्रेलियाको नीति, विद्यार्थी भिषा अवधिमा पनि कटौती

- shuvadmin / बिहिबार, भदौ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने निर्णय गरेको छ ।

अष्ट्रेलिया सरकारले सन् २०२५ मा २ लाख ७० हजार अन्तराष्ट्रिय विद्यार्थीलाई मात्र अध्ययन भिसा दिने जनाएको हो । ​

अष्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लेयरले मंगलबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लागू गरिएको नयाँ नियमबारे जानकारी दिएका थिए ।

शिक्षामन्त्री क्लेयरले तय गरिएको विद्यार्थी संख्याबारे विश्वविद्यालयहरूलाई जानकारी दिने बताएका छन् ।

शिक्षामन्त्री जेसनका अनुसार अब विश्वविद्यालहरूमा १ लाख ४५ हजार र व्यावहारिक र सीपमा आधारित पाठ्यक्रमका लागि ९५ हजार विद्यार्थीको संख्या सीमा तोकिएको छ ।

कोरोना महामारीपछि विदेशी विद्यार्थीका लागि बनाइएको लचिलो नीतिका कारण ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी बढेपछि अहिले अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीको आगमनमा नियमन गर्ने नीति लिएको हो ।

पछिल्लो समय विदेशी विद्यार्थीको संख्यालाई न्यूनीकरण गर्न अष्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै विदेशी विद्यार्थीलाई कडाइ गर्दै आइरहेको छ ।
यसअघि पनि अष्ट्रेलिया सरकारले ठूलो संख्यामा रहेका विदेशी विद्यार्थीको संख्या घटाउने जनाएको थियो ।

अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या तय गरेपछि अष्ट्रेलिया केही विश्वविद्यालयहरूले असन्तुष्टि जनाएका छन् । ‘

युनिभर्सिटिज अष्ट्रेलिया’ले सरकारको यो निर्णयलाई चलिरहेको गाडीमा एक्कासि ‘ह्याण्ड ब्रेक’ लगाउने खालको काम भएको टिप्पणी गरेको छ ।

बेलायत र क्यानडाले जस्तै प्रवासी छात्राहरूको संख्या नियन्त्रण गर्नका लागि केही महिना अघिदेखि अष्ट्रेलियाले कदम चालेको थियो ।

सो योजनाअन्तर्गत विदेशी विद्यार्थीका लागि भिसा शुल्क दोब्बर बनाउने, विदेशी विद्यार्थीहरूले अष्ट्रेलिया बसाइ लम्ब्याउन नपाउनेजस्ता नीति अष्ट्रेलिया सरकारले अपनाउँदै आएको छ ।

अष्ट्रेलियाले भिसा शुल्कलाई एकैपटक दोब्बर बनाएको छ । १ जुलाई देखि अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीसँग १६०० डलर अर्थात् झण्डै १ लाख ४३ हजार रुपैयाँ लिने गरेको छ ।

यसअघि अष्ट्रेलियाले भिसा शुल्कबापत ७१० अष्ट्रेलियन डलर लिँदै आएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले केही समयअघि विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेको थियो ।

यसैगरी पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्न नदिने नीतिलाई पनि अष्ट्रेलिया सरकारले कार्यान्वयन गर्न थालिसकेको छ ।

पयर्टन भिसामा अष्ट्रेलिया पुगेर विद्यार्थी भिसामा परिवर्तन गर्नेको संख्या बढ्न थालेपछि अष्ट्रेलिया सरकारले उक्त नीति कार्यान्वयनमा लगेको थियो ।

गत वर्षको अन्त्यदेखि, अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा कडाइ गर्ने यस्ता धेरै नीतिहरू ल्याएको छ । आगामी दुई वर्षभित्र आप्रवासीको संख्या हालको संख्याको आधामा झार्ने लक्ष्यसमेत अष्ट्रेलिया सरकारले राखेको छ ।

यसअघि नै अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा बस्ने समयलाई चारदेखि छ वर्षबाट घटाएर दुईदेखि चार वर्षमा पुर्याइसकेको छ भने भर्नाको जोखिम हेरेर विश्वविद्यालयहरूलाई पनि तीन समूहमा विभाजन गरिसकेको छ ।

अष्ट्रेलिया सरकारले सीमित विद्यार्थी लग्ने निर्णय गरेसँगै यसको मारमा नेपाली विद्यार्थी पनि पर्ने देखिएको छ ।

अध्ययनका लागि सबैभन्दा धेरै नेपाली विद्यार्थी जाने मुलुकमा अष्ट्रेलिया पनि शीर्ष स्थानमा पर्ने गरेको छ ।

अष्ट्रेलिया अध्ययन गर्न जाने कुल अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ८ प्रतिशत नेपाली रहेको विभिन्न अध्ययनले देखाएको छ ।

सन् २०२४ मा २ लाख ८९ हजार २३० जना विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया भित्रिएको जनाएको छ । उक्त संख्या अहिलेसम्मकै उच्च रहेको पनि अष्ट्रेलिया सरकारले जनाएको छ ।

अस्ट्रेलियामा करिब ७ लाख १७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी रहेको अष्ट्रेलिया सरकारले जनाएको छ ।

Page Views: 49
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama