Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्ने

- shuvadmin / आइतबार, भदौ १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आज (आइतबार)देखि सुरु हुँदैछ।

लिगको उद्घाटन खेलमा कोसी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका भिड्दैछन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा छनोट चरण पार गर्दै उत्कृष्ट तीनमा रहेका कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशले पहिलो चरणमा स्थान बनाएका छन्।

एन्फाले लिगमा सहभागी ३ विभागीयसहित २ क्लबका टोलीलाई सिधै लिग चरणमा स्थान दिइएको हो।

यस्तै ३ विभागीय टोली (एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब) सहित ए, बी र सी डिभिजन क्लबबाट २ टिम (संकटा क्लब, वागमती युथ क्लब) तथा नगरपालिका २ टोली (वालिङ र चन्द्रपुर नगरपालिका) सहभागी छन्।

पहिलो चरणका ४० खेलपछि अंक तालिकाको शीर्ष ५ मा रहने टोलीले सुपर लिग खेल्नेछन्। सुपर लिगमा ५ टोलीले डबल राउन्ड रोविनमा खेल्नेछन्।

सुपर लिगका २० खेलपछि शीर्ष ४ टोलीबीच प्लेअफ र फाइनल खेल हुनेछ। शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन्।

पहिलो प्लेअफको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले एलिमिनेटर खेल्नेछ।

अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले दोस्रो प्लेअफ खेल्नेछ। दोस्रो प्लेअफको विजेताले पहिलो प्लेअफमा पराजित हुने टोलीसँग एलिमिनेटर खेल्नेछ।

एलिमिनेटरको विजेता र पहिलो प्लेअफको विजेताले फाइनल खेल्नेछन्। फिफा कनेक्टमा कम्तिमा ९० खेल हुनुपर्नेछ। छनोट खेलमा २१ खेल भएका छन्। अब ६९ खेल हुनेछ।

महिला लिगको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख रुपैयाँ पाउनेछन्।

उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५०(५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन्।

Page Views: 56
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama