Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लिग-२ र टी-२० सिरिजको तालिका सार्वजनिक

- shuvadmin / बुधबार, भदौ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आसन्न आइसीसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

क्यानडा क्रिकेट बोर्डले यही सेप्टेम्बरमा हुने लिग–२ सिरिजको खेल तालिका बुधबार बिहान सार्वजनिक गरेको हो ।

खेल तालिकाअनुसार नेपालले लिग–२ सिरिजको पहिलो खेलमा क्यानडाको सामना गर्नेछ । उक्त खेल १६ सेप्टेम्बरमा हुनेछ ।

यस्तै, नेपालले दोस्रो खेल १८ सेप्टेम्बरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले २२ सेप्टेम्बरमा क्यानडा तथा २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

नेपाली टिम हाल श्रीलंकामा अभ्यास गरिरहेको छ । जसअन्तर्गत नेपालले दोस्रो एकदिवसीय अभ्यास खेल बुधबार खेल्दैछ ।

यद्यपि वर्षाका कारण श्रीलंकामा नेपाली खेलाडीले सोचेअनुसार अभ्यास गर्न पाएका छैनन् ।

नेपाल र श्रीलंका डेभपलमेन्ट–११ बीचको पहिलो खेलमा पनि वर्षाका बाधक बनेको थियो ।

यस्तै, नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक टी–२० सिरिजको खेल तालिका पनि सार्वजनिक भएको छ, जसअनुसार नेपालले दुवै टिमसँग समान दुई म्याच खेल्नेछ ।

टी–२० सिरिजमा नेपालले पहिलो खेलमा आयोजक क्यानडाको सामना गर्नेछ ।

यी दुई टिमबीचको प्रतिस्पर्धा २८ सेप्टेम्बरमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा २९ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

त्यस्तै, नेपालले १ अक्टोबरमा क्यानडा तथा ३ अक्टोबरमा ओमानको सामना गर्नेछ ।

दुवै सिरिज मेपल लीफ क्रिकेट ग्राउन्डमा हुने छन् । टी–२० आई क्रिकेटमा हालसम्म ओमानसँग नेपालले ६ म्याच खेलेको छ, जसमा दुवै टिमले तीनरतीन खेलमा जित निकालेका छन् ।

यस्तै, ओडिआईमा ओमानसँग नेपालले सात खेलमा प्रतिस्पर्धा गरेको विगत छ, जसमा नेपालले तीनमा जीत र चार खेलमा हार बेहोरेको छ ।

नेपाली टिम अब क्यानडा टूरमा ओडिआईमा पनि ओमानविरुद्धको हेड टु हेड नतिजामा सुधार गर्ने योजनामा छ ।

यस्तै, नेपालले अहिलेसम्म क्यानडासँग तीन ओडिआई खेलेको छ । र, नेपालले तीनै खेलमा जीत हात पारेको इतिहास छ ।

नेपाल यसपालि पनि क्यानडाविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्ने योजनामा छ ।

यस्तै, यी दुई टिमले हालसम्म टी–२० आईमा एक खेलमा मात्र एकअर्काको सामना गरेका छन् । र, उक्त खेलमा नेपाल विजयी भएको विगत छ ।

आइसिसी टी–२० आईको वरीयताको कुरा गर्दा हाल नेपाल १७औँ, ओमान १९औँ र क्यानडा २३औँ स्थानमा छ ।

अर्थात् नेपाल वरीयतामा क्यानडाभन्दा ६ स्थानमाथि छ । यस्तै, ओडिआई वरीयतामा नेपाल १६औँ, ओमान १७औँ र क्यानडा १९औँ स्थानमा छ ।

नेपाललाई क्यानडा भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर वरीयतामा सुधार गर्ने अवसर छ ।

यस्तै, लिग–२ तालिकामा क्यानडा तेस्रो स्थानमा छ । उसले आठ म्याच खेल्दा चारमा जीत र चार खेलमा हार बेहोरेको छ ।

क्यानडाले पहिलो सिरिजमा चारवटै खेल जितेको थियो । तर, केही दिनअघि सम्पन्न श्रृंखलामा भने उसले चारवटै खेलमा पराजय बेहोर्यो ।

यस्तै, ओमान हाल लिग–२ तालिकाको छैटौँ स्थानमा छ । उसले चार म्याच खेल्दा दुईमा हार, एकमा जीत र एक खेलमा अंक बाँडेको छ ।

ओमान गत संस्करणको लिग–२ उपविजेता टोली हो । यस्तै, नेपाल हाल तालिकाको सातौं स्थानमा स्थानमा छ ।

नेपालले चार म्याच खेल्दा तीनमा हार तथा एक खेलमा मात्र जीत निकालेको छ ।

गत फेब्रुअरीमा भएको पहिलो सिरिजमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा पराजय बेहोर्दा नेदरल्याण्ड्सलाई एकमा हराउँदा एक खेलमा जीत निकाल्यो ।

नेपाल दोस्रो सिरिजमा उत्कृष्ट कमब्याक गर्दै अंक तालिकामा सुधार गर्ने रणनीतिमा छ ।

त्यसका लागि नेपाली टिमले दुई साता भारतको बेंग्लोरमा प्रशिक्षणसमेत गर्यो । र, टोली श्रीलंकामा अभ्यास गरेर क्यानडातर्फ लाग्नेछ ।

क्यानडामा सिरिज खेलेपछि नेपाल अक्टोबरमा लिग–२ को तेस्रो श्रृंखला खेल्न अमेरिकातर्फ लाग्नेछ ।

त्यहाँ नेपालले अमेरिका र स्कटल्याण्डको सामना गर्नेछ ।

Page Views: 57
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama