Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसदमा एमाले/माओवादीबीच चर्काचर्की, बैठक ३० भदौसम्म स्थगित

- shuvadmin / बुधबार, भदौ २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रको अवरोधपछि आजको प्रतिनिधिसभाको बैठक ३० भदौसम्मको लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले संसद अवरोध गरेको हो ।

बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए ।

त्यस लगत्तै माओवादी सांसदहरूले अवरोध गरेका हुन् । संसदमै एमाले(माओवादीबीच चर्काचर्की​समेत भएको छ ।

‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको हो ।

सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताएका हुन् ।

‘हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमै जनयुद्ध र जनआन्दोलनको ब्याख्या गरिएको छ।

संविधानको प्रस्तावनामै उक्त ब्याख्या छ’, उनले भने, ‘संसद्‍मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ ।

के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो रु’

पाण्डेले सचिवालयलाई कानुन र संविधान हेरेर आफ्ना विषय अघि बढाउन पनि आग्रह गरे ।

माओवादी जनयुद्धबारे जसरी संविधानमा शान्ति प्रक्रियामा उठेको छ। नियतको विषयबस्तु छ ।

जनयुद्ध र जनमुक्ति सेनालाई होच्याउने गरी अपमान गर्ने गरी बोलिएको थियो’, उनले भने, ‘भदौ १२ गते उक्त कुरा उठेपछि १३ गते हुँदै अहिलेसम्म मैले भनिरहेको छु ।

अहिले आएर यो शब्दबारे जुन किसिमको ब्याख्या आएको छ यो बेठीक भएको छ । यो संविधान शान्तिप्रक्रिया र कानुनविपरीत हुन्छ।’

उता माओवादी सांसद देवेन्द्र पौडेलले पनि ‘हिंसा’ शब्दलाई लिएर देशको शान्ति प्रक्रिया भड्काउने कोसिस भएको बताएका छन् ।

यसै विषयमा संसदमा तनाव उत्पन्न भएपिछ प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

Page Views: 18
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama