Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फेरि ब्याटिङमा चुक्यो नेपाल, बेहोर्‍यो लगातार तेस्रो हार

- shuvadmin / सोमबार, असोज ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, क्यानडामा जारी आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

तेस्रो पराजय बेहोर्नेक्रममा नेपाल आइतबार बिहान सम्पन्न खेलमा क्यानडासँग ५ विकेटले पराजित भयो ।

नेपाल पहिलो खेलमा क्यानडासँग नै १ सय ३ रनले पराजित भएको थियो । यस्तै, नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले स्तब्ध भयो ।

जारी श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रनमै अलआउट भयो ।

नेपालले सदाझैँ यस खेलमा पनि निकै खराब सुरुवात गर्यो । टिमले पहिलो विकेटको रूपमा ८ रन जोडेको अवस्थामा ४.२ ओभरमा आसिफ शेखलाई गुमायो । उनी व्यक्तिगत २ रनमै बोल्ड भए ।

आसिफ पछिल्लो समय निकै खराब लयमा छन् । जारी श्रृंखलामा उनी पहिलो र दोस्रो खेलमा क्रमशः २० र ११ रनमा आउट भए । आसिफले तेस्रो म्याचमा पनि ठूलो पारी खेल्न सकेनन् ।

यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गरेका भीम सार्की पनि लयमा छैनन् । उनी तेस्रो खेलमा सातौं ओभरको अन्तिम बलमा २ रनमै आउट भए ।

भीम जारी श्रृंखलामा पहिलो र दोस्रो खेलमा क्रमशः १८ र ११ रनमा पवेलियन फर्किएका थिए । तेस्रो खेलमा भने उनले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

यस्तै, क्यानडाविरुद्ध नेपालले तेस्रो विकेट ७.५ ओभरमा अर्जुन साउदलाई व्यक्तिगत १० रनमा गुमायो । यो अवस्थामा नेपालले २० रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।

१०.२ ओभरमा कप्तान रोहितकुमार पौडेल ४ रनमा पवेलियन फर्किए । आरिफ शेख झुक्किँदा रोहित रन आउट हुँदै पवेलियन फर्किएका हुन् ।

उनी आउट भएसँगै नेपालविरुद्ध क्यानेडियन थप हावी भयो ।

साझेदारी गर्नुपर्ने अवस्थामा अनिलकुमार साह १२औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने धुनमा एक रनमा क्याच आउट भए ।

त्यो अवस्थामा नेपालले ३६ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि आरिफ र गुलशन झाबीच ३४ रनको साझेदारी बन्यो ।

तर, २२.३ ओभरमा टिमले ७० रन जोडेको अवस्थामा आरिफ १० रनमा क्याच आउट भए । उनी आउट भएको केही समयपछि गुलशन पनि पवेलियन फर्किए ।

उनी २७.१ ओभरमा ३४ रनमा आउट भए । गुलशनले अघिल्लो खेलमा ५३ रनको पारी खेलेका थिए ।

यस्तै, तेस्रो खेलमा सन्दीप लामिछानेले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा पाँच चौका र एक छक्कासहित ४९ रन बनाए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो करियरकै उत्कृष्ट ब्याटिङ हो । उनले सोमपाल कामीसँग ५५ रनको साझेदारी गर्दै टिमको पारी केही हदसम्म उकासे ।

सोमपाल ३८।४ ओभरमा २१ रनमा आउट हुँदा नेपाल ८ विकेट गुमाएर १४२ रन जोडेको स्थितिमा थियो ।

उनी आउट भएपछि केही समय सन्दीप र करण क्रिजमा जमे । करण र सन्दीपबीच ३९ रनको साझेदारी बन्दा नेपालले १८१ रन जोड्यो ।

यस खेलमा करणले २८ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे ।

बलिङमा क्यानडाका लागि कलीम सानाले तीन, डिलन हेलिगर र हर्ष ठाकरले दुई/दुई तथा सादबिन जाफर र प्रवीण कुमारले एक/एक विकेट लिए ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि नवनीद धालिवालले ८७, प्रगत सिंहले ६४, हर्ष ठाकरले १३ तथा कप्तान निकोलस किर्तनले अविजित ११ रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ४२ रन दिएर सर्वाधिक २ विकेट लिए । यस्तै, करण केसी, गुलशनकुमार झा र ललितनारायाण राजवंशीले एक/एक विकेट हात पारे ।

टिमका सर्वाधिक अनुभवी बलर सोमपाल कामी भने तेस्रो खेलमा पनि विकेटविहीन रहे । उनले यस खेलमा ६ ओभरमा बिनाविकेट २६ रन दिए ।

दोस्रो खेलमा पनि सोमपाल विकेटविहीन बनेका थिए । उनले सुरुवातमा विकेट दिलाउन नसक्दा पनि नेपालले बलिङमा पनि संघर्ष गरिरहेको छ । र, त्यसको फाइदा विपक्षी टिमहरूले उठाइरहेका छन् ।

यो जीतपछि क्यानडा लिग–२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ११ म्याच खेल्दा १४ अंक जोडिसकेको छ ।

नेपाल भने तालिकाको सातौं स्थानमै छ । नेपालले अहिलेसम्म सात म्याच खेल्दा ६ मा पराजय र एक खेलमा मात्र जीत दर्ता गरेको छ ।

नेपालले अब लिग–२ मा सातौं खेल मंगलबार ओमानसँग खेल्ने तालिका छ ।

Page Views: 47
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama