Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पर्यटन दिवसमा ‘भिजिट बन्दीपुर’ घोषणा

- shuvadmin / शुक्रबार, असोज ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तनहुँ, पहाडकी रानी उपनामले चिनिएको तनहुँस्थित बन्दीपुरलाई ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको छ ।

पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि घोषणा गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले घोषणा गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

बन्दीपुरको सुन्दरता बारेमा देशमा विभिन्न ठाउँमा पुगेर घुम्न जाऔं भनेर गत वर्ष निम्ता गरिसकिएकाले बन्दीपुर भ्रमण वर्ष घोषणा गरिएको उनले जानकारी दिनुभयो ।

बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेकाले यसको थप प्रचारप्रसार गर्न भ्रमण वर्ष घोषणा गरिएको उनले बताए ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुर–२०२५ मा वर्षभरी यहाँ पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम गरिने बताए ।

समूहमा आउनेलाई आवास, खानामा छुटको व्यवस्था गरिएको उनले बताए । पर्यटन प्रवर्धनकै क्रममा आगामी माघ महिनामा बन्दीपुरमा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिता गरिने उनले जानकारी दिए ।

हातैले छोएजस्तो लाग्ने हिमशृङ्खलाहरु, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङ्ग आरोहणलगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।

२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढेको छ ।

पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालनमा ल्याएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास हुन मद्दत पुगेको स्थानीय गोवर्धन भट्टराईले जानकारी दिए ।

काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बिचमा बन्दीपुर छ ।

पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ ।

पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । बन्दीपुरमा केवलकार सञ्चालन गरिएको छ ।

पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजारनजिक रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार सञ्चालन गरिएको छ ।

Page Views: 195
संबन्धित शिर्षकहरु
पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
ताजा अपडेट
  • पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
  • समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
  • आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
  • इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात
  • आजदेखि फ्लाई दुबईले पोखरा रुटमा नियमित उडान गर्दै
  • काभ्रेमा भारी वर्षाकाे सम्भावनालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाउन आग्रह
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama