Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँच महिनापछि क्रिकेटमा नेपालको जीत, ओमानलाई ३७ रनले हरायो

- shuvadmin / सोमबार, असोज १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली क्रिकेट टिमले महिनौंपछि जीत निकालेको छ । नेपालले पाँच महिनादेखिको हारको यात्रा तोड्दै जीत निकालेको हो ।

नेपालले पछिल्लोपटक गत ४ मेमा वेस्ट इण्डिज ‘ए’ लाई हराएको थियो । त्यसपछि भने नेपालले लगातार पराजय बेहोरिरह्यो ।

आइतबार राति टी–२० त्रिकोणात्मक सिरिजमा भने नेपालले ओमानलाई ३७ रनले हराउँदै लयमा फर्किएको संकेत दिएको छ ।

ओमानसँगको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

नेपालका लागि युवा अलराउन्डर गुलशन कुमार झाले उत्कृष्ट इनिङ खेले । उनले १७ बलमा तीन छक्का र तीन चौकासहित अविजित ४० रनको इनिङ खेलेका हुन् ।

गुलशनले छैटौँ विकेटका लागि कुशल भुर्तेलसँग ६१ रनको साझेदारी गरे । गुलशन पछिल्लो समय उत्कृष्ट लयमा छन् ।

केही दिनअघि क्यानडामै सम्पन्न आइसीसी विश्वकप लिग–२ सिरिजमा ओमानविरुद्ध उनले अर्धशतकीय पारी खेल्नुका साथै ५ विकेट लिएका थिए ।

गुलशनले त्यो लय टी–२० सिरिजमा पनि निरन्तरता दिएका छन् । यतै, ओमानविरुद्ध कुशल मल्लले २६ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए ।

त्यस्तै, ओपनिङ ब्याटरद्वय अनिलकुमार साहले २१ बलमा तीन चौका र एक छक्कासहित २७ तथा आसिफ शेखले २२ बलमा २ छक्का र १ चौकाको मद्दतमा २७ रन नै बनाए ।

त्यस्तै, कुशल भुर्तेलले १७ बलमा एक चौका र एक छक्कासहति २० रन जोडे । नटआउट रहेका दीपेन्द्रसिंह ऐरीले ५ बलमा २ छक्का र एक चौकासहित १८ रनको आक्रामक इनिङ खेले ।

कप्तान रोहित पौडेल र देव खनाल भने दुई/दुई रनमै आउट भए । बलिङमा ओमानका लागि कप्तान अकिब इलियासले ४ ओभरमा ३२ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको ओमान १९.१ ओभरमा १ सय ३९ रनमै अलआउट भयो ।

उसका लागि सोयब खानले ४५, रफिउल्लाहले ३३, फैज बटले अविजित १७, प्रतीक आठवालेले १५ र खालिद कैलले ११ रन बनाए ।

नेपालका लागि करण केसीले ४ ओभरमा ३६ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, कुशल भुर्तेलले तीन ओभरमा ३२ रन दिएर २ विकेट हात पारे ।

२।१ ओभर मात्र बलिङ गरेका गुलशन झाले १४ रन दिएर २ विकेट हात पारे । अलराउन्ड प्रदर्शन गरेका उनी प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो । जारी श्रृंखलामा नेपालले अब मंगलबार क्यानडासँग खेल्ने तालिका छ ।

Page Views: 61
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama