Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

- shuvadmin / शनिबार, कार्तिक २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आज (शनिबार) देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसो त अहिले पनि कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पनि पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको हो।

आज दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको तर सम्भावना कम नै देखिएको मौसमविद् लामिछानेको भनाइ छ।

मौसम महाशाखाले आफ्नो वेबसाइटमा आज दिउँसो उपत्यकामा पानी पर्ने सम्भावना २० प्रतिशत मात्र देखिएको उल्लेख गरेको छ।

यस्तै राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मौसमविद्का अनुसार अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। बिस्तारै देशभर चिसो बढ्दै गएको छ।

Page Views: 86
संबन्धित शिर्षकहरु
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
ताजा अपडेट
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama