Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रवि पक्राउको विरोधमा भइरहेको आन्दोलनको कुनै औचित्य छैन्– सभापति देउवा

- shuvadmin / आइतबार, कार्तिक २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धनगढी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् ।

गृहजिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार धनगढी आइपुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेलाई कानूनअनुसार कारबाही हुने स्पष्ट पारे ।

ससंदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार लामिछाने पक्राउ परेको बताउँदै उनले भने, ‘रवि लामिछानेलाई कानुनअनुसार कारबाही हुन्छ ।’

अन्य राजनीतिक दलका नेताहरू पनि विभिन्न मुद्धामा पक्राउ परेर कारबाही भोगिरहेको स्मरण गराउँदै देउवाले कानूनको सबैले पालना गर्नुपर्ने बताए ।

लामिछाने पक्राउको विरोधमा आन्दोलन गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै उनले छानबिनमा सघाउन सबैलाई अनुरोध गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सरकारलाई कमजोर पार्न ‘सरकार ढल्छ’ भन्ने गलत हल्ला फैलाइएको आरोप लगाउँदै यसमा विश्वास नगर्न आग्रह गरे ।

वर्तमान समस्या समाधान गर्न र अस्थिर सरकारलाई स्थिर बनाउन नेकपा (एमाले) सँगको समीकरण बनेकाले कम्तीमा अर्को चुनावसम्म यही समीकरणले निरन्तरता पाउने उनले दाबी गरे ।

बिहान करिब साढे ११ बजे धनगढी विमानस्थल पुगेका सभापति देउवालाई कांग्रेसका नेता–कार्यकर्ताले स्वागत गरेका थिए ।

विमानस्थलबाट आफ्नो निजी निवास पुगेका देउवाले आइतबार अपरान्ह कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । आइतबार धनगढीमै बसेर उनी सोमबार बिहान डडेल्धुरा प्रस्थान गर्नेछन् ।

सभापति देउवा सोमबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ ।

कार्यतालिका अनुसार कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुनेछन् ।

डडेल्धुराका सभापति भीमबहादुर साउदले सभापति देउवा कात्तिक २८ गते पार्टीको जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुनेछन् ।

यस्तै सोही दिन पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

गन्यापधुरा देउवाको गृहपालिका हो । यो पालिकामा नै उनको मतदाता नामावलीसमेत रहेको छ ।

जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिए ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किएपछि सभापति देउवाले मंसीर२ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Page Views: 70
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama