Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फोटोमा सुनसान देखिएको पर्यटकीय सूचीमा रहेको पटेकडाँडा

- shuvadmin / सोमबार, कार्तिक २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हिले, धनकुटाको सबैभन्दा अग्लो स्थानको रूपमा पटेकडाँडा चिनिन्छ । २ हजार ७०२ मिटरको उचाइमा रहेको यो डाँडा सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा रहेको छ ।

विभिन्न हिमाल, पूर्वका अधिकांश जिल्ला, पहाडको मनोरम दृश्य देखिने मालिङ्गोले घेरेको डाँडो आकर्षक छ ।

पर्यटकीय सिजनमा पनि पटेकडाँडामा पर्यटक नआउँदा प्रायः सुनसान हुन्छ । पर्याप्त पर्यटकीय पूर्वाधार तथा प्रचार–प्रसारको कमीले पटेकडाँडा पर्यटक नआएको स्थानीय मुडूँ शेर्पाले बताए ।

यो डाँडो चार पालिकाको सिमाक्षेत्र पनि हो । धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका तथा तेह्रथुमको लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पटेकडाँडामा जोडिएका छन् ।

चारै पालिकाले बेवास्ता गर्दा पूर्वाधार निर्माण र प्रचार–प्रसारको काम हुन नसकेको शेर्पाको भनाइ छ ।

कोशी राजमार्गमा पर्ने सिधुवा बजार नजिक रहेको यो डाँडामा करिब ३० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । त्यस्तै, नुनथलाबाट समेत पुग्न सकिन्छ ।

प्रदेश सरकारको सहयोगमा महालक्ष्मी नगरपालिकाले नुनथलाबाट तथा छथर जोरपाटीले सिधुवाबाट सिँढी निर्माण गरे पनि पूरा हुन सकेको छैन ।

दुवैतर्फका सिँढी आधामात्र निर्माण भएका छन् । थप पूर्वाधार निर्माणका लागि बजेट माग गर्दा नआएकाले पूर्वाधार निर्माणको काम थप अघि बढ्न नसकेको पालिका प्रमुखको भनाइ छ ।

पटेकडाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो । यो डाँडाबाट मकालु र कुम्भकर्ण हिमशृङखलासहित पूर्वका विभिन्न जिल्लाको अधिकांश स्थान देख्न सकिन्छ ।

यो डाँडा खास गरी सूर्योदय र सूर्यास्त अवलोकनका लागि प्रख्यात छ ।

Page Views: 97
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama