Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

- shuvadmin / सोमबार, मङि्सर १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलको क्रममा ओलीले उक्त प्रतिबद्धता जनाएका हुन्।

सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको उक्त बैठकमा ओलीले यस्तो धारणा राखेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए।

‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिनँ भन्नेजस्तो कुरा गर्नुभयो,’ खनालले भने।

खनालका अनुसार यसपटक चीनसँग ऋण सम्झौता नगरे पनि भावी दिनमा पनि कहिल्यै ऋण नै लिनु हुँदैन भन्ने नीति बनाउन लागेको हुन सक्ने भन्दै असहमति जनाएर फर्केको जानकारी दिए।

चीनसँग बिआरआई अनुदानमा स्वीकार्ने सत्तारुढ कांग्रेसको धारणा छ भने एमालेले ऋणमा भए पनि लिनुपर्ने बताइरहेको थियो।

सत्ताघटक कांग्रेसले असहमति जनाएपछि बिआरआई ऋणमा सम्झौता नगर्ने पक्षमा एमाले उभिएको छ।

Page Views: 54
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama