Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कीर्तिपुरको मेयरमा कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै

- shuvadmin / सोमबार, मङि्सर १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कीर्तिपुरको मेयरमा कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता कायम राखेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार डंगोलले कुल १३१३ मत ल्याएर सहज अग्रता बनाएका हुन् ।

एमालेका डा। सुरेन्द्र मानन्धरले ९७८ मत ल्याएका छन् । यस्तै, माओवादीका शिवशरण महर्जनलाई ७१४ मत प्राप्त भएको छ ।

उनलाई एमाले र माओवादी उम्मेदवारहरूले पछ्याइरहेका छन् । कीर्तिपुरमा वडा नम्बर १ को मतगणना सकिएर अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ ।

वडा नम्बर १ मा कांग्रेस पहिलो हुँदा स्वतन्त्र उम्मेदवार राजमान महर्जन दोस्रो स्थानमा रहेका थिए । माओवादी तेस्रो हुँदा एमाले चौथोमा खस्किएको छ ।

वडा नम्बर ४ को गणनापछि भने एमाले दोस्रो स्थानमा उक्लिएको हो । अहिलेसम्म कुल ४९०९ मत गणना सम्पन्न भइसकेको छ ।

कीर्तिपुरमा तीन ठूला दलबाहेक दुई स्वतन्त्र उम्मेदवारले पनि उल्लेख्य मत ल्याइरहेका छन् ।

कैँची चुनाव चिन्ह भएका दिनेशकुमार अधिकारीले ६३१ मत ल्याउँदा केटा र केटी चुनाव चिन्ह भएका राजमान महर्जनलाई ५२० मत प्राप्त भएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव महर्जनले अहिलेसम्म २२७ मत ल्याएका छन् । अन्य उम्मेदवारलाई उल्लेख्य मत आएको छैन ।

Page Views: 79
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama