Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सीताराम विवाहपञ्चमीका तीन दिनसम्म जनकपुरधाममा माछा, मासु र मदिरा विक्री वितरणमा प्रतिबन्ध

- shuvadmin / बुधबार, मङि्सर १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, सीताराम विवाहपञ्चमीको मुख्य तीन दिन जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछारमासु बिक्री वितरण गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछारमासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री वितरण, उत्पादन लगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाद्वारा जारी सूचनामा उल्लेख छ ।

तोकिएको निषेधित क्षेत्रमा माछा मासु मदिरा खरिद बिक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच मंसिर शुक्ल पञ्चमीको तिथिमा विवाह भएको थियो ।

त्यसकै सम्झनामा मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वको रूपमा जनकपुरधाममा सीताराम विवाह पञ्चमी मनाइन्छ ।

Page Views: 56
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama