Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बुधबार परिसूचक नेप्से २४.९७ अंक घटे्यो, कारोवार रकम भने बढ्यो

- shuvadmin / बुधबार, मङि्सर १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सेयर कारोवार हुने साताको चौथो दिन बुधबार सेयर बजारको परिसूचक नेप्से २४।९७ अंक घटेको छ ।

गिरावटपछि २७५० अंकमा कायम रहँदा कारोवार रमक भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।

१०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो ।

बैंकिङ ०.३४, विकास बैंक १.९४, फाइनान्स १.२४, होटल ०.४०, जीवन बीमा १.५०, लगानी ०.०२, निर्जीवन बीमा ०.३३, अन्य ०.७४ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.१२, उत्पादन ०.१४ र हाइड्रोपावर समूह ०.५९ प्रतिशत बढे ।

खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो ।

इङ्वा हाइड्रोपावरको ९.७, स्वाभिमान लघुवित्तको ९.४, अपरहेवाखोलाको ८.७, माथिल्लो मैलुङखोला जलविद्युतको ८.३, सूर्योदय लघुवित्तको ७.८ प्रतिशत मूल्य बढ्यो ।

विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घट्यो ।

सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घट्यो ।

विशाल बजार कम्पनीको मूल्य ९.१७, नेपाल फाइनान्सको ५.०१, सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Page Views: 50
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama